काठमाडौँ / नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक स्थगित भएको छ।

आजै दिउँसो ३ बजेका लागि बैठक बोलाएको बैठक भोलि (आइतबार) बिहानसम्मका लागि स्थगित भएको हो । 

OM Sai Pathibhara Hospital

बैठकमा केही सदस्य उपस्थित हुन नसक्ने भएपछि भोलि बिहान ८ बजेसम्मका लागि सारिएको पूर्व स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

गजुरेलका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बिहान आइतबार बिहान बस्ने बैठकमा स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गरिने छ ।  

माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो।