सप्तहरी / सप्तरीको बलान बिहुल गाउँपालिकाकी एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्ष माथि चप्पल प्रहार गरेकी छन् । 

बलान बिहुल गाउँपालिका –२ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको निर्वाचनको समय तोकिएको थियो । कार्यपालिका सदस्यको निर्वाचन सकिए लगतै मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कासि चप्पलले आक्रमण गरेकी गाउँपालिका अध्यक्ष खेमचन्द यादवले बताए । 

यादवका अनुसार गुप्ताले वडाध्यक्ष माथि चप्पल प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो । चप्पल प्रहार गर्ने वडा सदस्यलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि स्थिति सहज भएको थियो ।

वडाध्यक्ष झाले आफूमाथि बिनाकारण वडा सदस्य गुप्ताले आक्रमण गर्दै दुर्व्यवहार गरेको बताए ।