जनकपुर / मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । 

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोक प्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ । 

यही अधिवेशनअन्तर्गत मधेश प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यस्तै मधेश प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ । 

नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो । रास