काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव कात्तिक वा मंसिर भित्रै चुनाव हुने बताएका छन् ।

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागुनमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

देउवाले भने, ‘हामी सरसल्लाह गर्दैछौँ । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिर मै चुनाव हुन्छ ।’

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबीच सम्बन्ध चिसिइ रहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरूले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

यसका लागि कतिपय नेताहरूले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिरहेका छन् । यी सबै तर्क र प्रयासलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।