काठमाडौँ / एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । 

उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन् । 

OM Sai Pathibhara Hospital

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमालेको अनुशासन विभागले नेता घनश्याम भूसालमाथि कारबाहीको सिफारिस गरेको समाचार बाहिरिएलगत्तै भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध ।’

हालै बसेको एमालेको अनुशासन विभागको बैठकले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

एक अन्तर्वार्तामा भुसालले ओलीको पार्टी सञ्चालन गर्ने गलत नीतिका कारण एमाले स्थानीय चुनावमा हार्न पुगेको बताएका थिए ।