काठमाडौँ / सरकार गठन भएको ११ महिना वितिसक्दा समेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गरेको छ ।  

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण गोप्य राखिएको प्रधानमन्त्री र मन्त्रीहरूले हो । 

OM Sai Pathibhara Hospital

कानुनतः कुनैपनि व्यक्तिले सार्वजनिक पद धारण गरेपछि ६० दिन भित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । र हरेक आर्थिक वर्षको अन्त्यमा पुनः सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाललगायत राजनीतिक दलको सहभागिता छ ।