राजनीति

    Showing 7,661-7,670 of 9,647 items.
  • एमसीसीबारे छलफल गर्न गठबन्धन बैठक बस्दै

    काठमाडौं / एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो ।११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको स्रोतको भनाई छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ ।आज बस्ने स

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 93 पटक पढिएको
  • ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेता बालकोटमा

    काठमाडौं / प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेताहरू पुनः बालकोट पुगेका छन् । एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका प्रधानमन्त्री देउवा शनिबार बालकोट पुगेका हुन् ।देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेर आग्रह गरिरहेका छन् ।शुक्रबार पनि कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 96 पटक पढिएको
  • सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास : मन्त्री पौडेल

    काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् ।शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकणेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरूले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताएका हुन्।मन्त्री पौडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताएका छन् । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुन

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 89 पटक पढिएको
  • ‘एमसीसीबारे एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्छ’ : ओली

    काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीका बिषयमा आफूहरु तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताएका हुन् ।उनले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि बताएका छन् । ओलीले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारवाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उल्लेख गरेका छन् ।उनले प्रधानन्यायाधीश जब

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 101 पटक पढिएको
  • ‘आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिन्छु’: बादल

    काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने भएका छन् । उनले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्ने बताए । उनले आफु संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको बताए ।त्यस्तै एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको नेता बदालको भनाई छ । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदी

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 89 पटक पढिएको
  • राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा

    काठमाडौं / नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन्।दल दर्ताका लागि तीनवटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी शुक्रवार आयोग पुगेर निवेदन दिएका हुन्। स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 93 पटक पढिएको
  • गण्डकी प्रदेशसभाको बैठक फागुन २६ मा

    काठमाडौं / गण्डकी प्रदेशसभाको बैठक फागुन २६ गते बस्ने भएको छ । असोज ५ गते स्थगित भएको बैठक फागुन २६ गते बस्न लागेको हो ।करिब पाँच महिनाअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक गत असोज ५ गते पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।अब बस्ने बैठकमा सरकारले खानेपानी, सिंचाइ र सूचनाको हक सम्बन्धी विधेयक सहित चार वटा विधेयक पेस गर्ने तयारी गरेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 81 पटक पढिएको
  • कांग्रेस एमालेबीच आज पनि छलफल हुने

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ । एमसीसीसँगको सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् ।एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट सहयोग प्राप्त नहुने भएपछि देउवाले एमालेको साथ खोजेका छन् । शुक्रबार राति पनि एमाले अध्यक्षसहित एमाले नताहरुकसँगको छलफलका लागि देउवासहित कांग्रेस नताहरु बालकोट पुगेका थिए ।बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 101 पटक पढिएको
  • जसपामा आज एमसीसी सम्झौतापत्र बारे छलफल

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । आज बस्ने जसपाको बैठकमा एमसीसीको सम्झौतापत्रबारे छलफल हुनेछ ।जसपाका नेताहरुलाई शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र वितरण गरिएको थियो । उक्त सम्झौता पत्रबारे शनिबार (आज) छलफल हुने नेता ईस्तियाक राईले जानकारी दिए । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको थियो । त्यसका लागि आज मध्यान्ह १२ बजेका लागि बैठक राखिएको हो ।यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ । बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 85 पटक पढिएको
  • ‘एमसीसी ल्याउनुपर्छ भन्नेलाई केही गर्दैनन्, मलाई ढुङ्गा हान्छन्’

    पोखरा  /  एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको बताएका छन् । शुक्रवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् । ‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हान्दैनन्। ताली बजाउँछन्। बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुङ्गा हानेनन्। नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन्। ढुङ्गा हानिँदैन। एमसीसी ठिक छ भनेर कुरा टुङ्ग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्द

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 98 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.