काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा जनप्रतिनिधिरुलाई प्रशिक्षण दिने भएको छ । 

पार्टीको शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नव निर्वाचित मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय प्रमुख र वडा अध्यक्षहरुको लागि अभिमुखिकरण गर्ने उदेश्यले आगामी असार ४ र ५ गते सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै बैठकले निर्वाचनमा पार्टी र गठबन्धनको भूमिका सम्बन्धमा समीक्षा प्रतिवेदन तयार गर्न सात नेतालाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

जसका लागि प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधार, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदुरपश्चिम प्रदेशमा बेदुराम भुसालले जिम्मेवारी पाएका छन् ।

उनीहरुले निर्वाचनमा पार्टी र गठबन्धनको भुमिकाको सम्बन्धमा यथार्थपरक सूचनाहरु मातहत कमिटीबाट संकला गरी तथ्यसंगत र यार्थपरक विश्लेषणसहित समीक्षा प्रतिवेदन तयार गरी स्थायी कमिटीको बैठकमा पेश गर्ने जिम्मेवारी पाएका छन् ।