काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबार बसेको सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन्। 

OM Sai Pathibhara Hospital

‘६ महिनाका लागि मन्त्री हुनुभएको हो। आठ महिना भइसक्यो सबै टिम फेर्ने निर्णय भयो,’ खनालले भने।

नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्।

आइतबारको बैठकले उनीहरु सबैलाई फिर्ता बोलाउने निर्णय गरेको हो। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि समाजवादी कोटाबाटै राज्यमन्त्री भएका हुन्।