काठमाडौँ / नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरूको नाम प्रस्ताव गरको छ। 

समाजवादीले यसअघिका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाइएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

OM Sai Pathibhara Hospital

नयाँ मन्त्रीको सूचीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस भएका छन्।

आज (आइतबार) बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले समाजवादीका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। 

हाल समाजवादीबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा प्रेम बहादुर आले, शहरी विकासमन्त्रीमा रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । 

स्वास्थ्य राज्य मन्त्री रहेका खापुङले भने पुनः स्वास्थ्य मन्त्रीकै जिम्मेवारी पाएका छन् ।