खोटाङ / सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलस्थित रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

OM Sai Pathibhara Hospital

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए ।