धरान / धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपर्ने नेताहरूलाई कारबाहीको प्रकृया अगाडि बढाइने भएको छ । धरान - १२ नम्बर वडा समितिको ज्येष्ठ २३ गतेको बैठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान -१२ मा वडाध्यक्षका उम्मेदवार विष्णु तामाङ पराजित भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापति प्रदिप शाक्यले भूमिका खेलेको बैठकको निष्कर्ष छ । शाक्य सहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत कांग्रेस उम्मेदवार हराउन लागि परेको बताईएको छ ।

OM Sai Pathibhara Hospital

वडाध्यक्षका प्रत्यासी उमेरदार विष्णु तामाङ र वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारबाही र बहिष्कार बारे जानकारी गराएका छन् । पार्टीका उम्मेदवारलाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीनैजना नेताहरूलाई पार्टीबाट आजीवन बहिष्कार गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यससँगै अनुशासनको कारवाही स्वरुप साधारण सदस्य समेत नरहने गरी निलम्बनको माग सहित केन्द्रीय समितिमा सिफारिस गरिएको छ । १२ नम्बर नेपाली कांग्रेसका नेता तथा मेयरका प्रत्यासी उमेरदार किशोर राईको वडा हो ।

पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजित हुनुपरेको उनले बताएका छन् । 
अहिले कारबाहीको सिफारिसमा पर्ने नेताहरू यसअघि पनि पार्टीका नेतालाई पराजित गर्न लागिपरेको उनको भनाई छ । खुलेरै अन्तरघात गरेपछि कारबाही गर्न बाध्य भएको उनले प्रष्ट पारे ।
धरानमा यसअघिनै ६ नम्बरमा कांग्रेस उम्मेदवार पराजित भएको भन्दै २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो । पार्टीका बागी उम्मेदवारलाई सघाएको भन्दै कारबाहीको माग भएको हो