काठमाडौँ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघ र प्रदेश चुनाव सहभागी नहुने भएको छ । 

स्थानीय तह निर्वाचन स्वतन्त्र उम्मेदवार उठाएर उपयोग गरेको नेकपाको हालै बसेको १३ औं केन्द्रीय समितिको बैठकले आगामी संघ र प्रदेशको चुनावमा भाग नलिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

नेकपाका एक केन्द्रीय सदस्यका अनुसार बैठकले स्थानीय तह निर्वाचनको गम्भीरतापूर्वक समीक्षा गरेको थियो । बैठकमा महासचिव विप्लवले स्थानीय चुनाव जनतासँग प्रत्यक्ष जोडिएकोले प्रयोग गरेको र अब हुने संघ र प्रदेश चुनावमा नलिने बताए । 

उनले आफ्नो पार्टीको पक्षमा अनपेक्षित परिणाम आउनुमा धेरै कारण रहेको समेत बताए । चुनाव शसक्त वा राजनीतिक बहिष्कार गर्नेबारे तत्कालीन अवस्था हेरेर निर्णय लिने बताइएको छ ।