राजनीति

    Showing 7,601-7,610 of 10,368 items.
  • लुम्बिनीकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    बुटवल / पछिल्लो समय विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । ओलीले आज (बुधबार) मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।गत ३१ जेठमा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए । वलीले सोमबार नै

    • प्रकाशित मितिः असार १५, २०७९
    • 107 पटक पढिएको
  • ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्र प्रवेश गर्दै

    काठमाडौँ / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलगायतका नेताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरूलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्न लागेका हुन् ।एक साता अगाडि पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार लगायतका नेताहरूले नेकपाबाट सामूहिक राजीनामा दिएका थिए ।पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्युरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।

    • प्रकाशित मितिः असार १५, २०७९
    • 114 पटक पढिएको
  • सभामुख अग्निप्रसाद सापकोटा विदेश उडे

    प्रतिनिधिसभा बैठक चलिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा आज विदेश उडेका छन्  ।निजी सचिव गोविन्द पाठकलाई लिएर सापकोटा बिहान पश्चिम एसियाली मुलुक अजरबैजान भ्रमणका लागि निस्किएका हुन् ।पाँच दिने भ्रमणका लागि बाकु गएका  सभामुख सापकोटा आगामी असार १९ गते नेपाल फर्किने कार्यक्रम छ ।उनी विदेश हिँडेपछि एक साताको लागि संसद बैठक स्थगित हुने भएको छ ।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 155 पटक पढिएको
  • वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

    काठमाडौँ / वामदेव गौतमले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् ।  मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा गौतमले सो पार्टीको घोषणा गरेका हुन् ।पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टी पार्टी बहुपदीय हुने बताएका छन् । पार्टीमा प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एक जना महासचिव रहने व्यवस्था गरेका छन् । यस्तै पार्टीमा एक जना उपमहासचिव र एक जना सचिवको व्यवस्था रहने गौतमले बताए। उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ। 

    • प्रकाशित मितिः असार १४, २०७९
    • 104 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।काठमाडौँमा मंगलबार बिहान आयोजित सीमान्तकृत महिलासँग सम्बन्धित कानुन निर्माण सम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् । 

    • प्रकाशित मितिः असार १४, २०७९
    • 117 पटक पढिएको
  • चारै जना मन्त्री फिर्ता बोलाउँदै जसपा

    काठमडौँ / एकीकृत समाजवादी पछि जनता समाजवादी पार्टी (जसपा) ले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू फेरबदल गर्ने निर्णय गरेको छ । सोमवार राति बसेको उपेन्द्र पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।कार्यकारिणी सदस्यहरूले नयां मन्त्री पठाउने सबै अधिकार समेत अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ । बैठकमा बाबुराम भट्टराई पक्षमा लागेका कुनै पनि नेतालाई नबोलाइएको बताइएको छ । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले नेताहरू बाबुराम भट्टराई र महेन्द्र यादवसहित केही नेताहरूलाई कारवाही गर्ने अधिकार प

    • प्रकाशित मितिः असार १४, २०७९
    • 105 पटक पढिएको
  • सातै प्रदेशमा राप्रपाले तोक्यो संयोजक

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ। राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो ।प्रशिक्षक विभागका अनुसार प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरीले जिम्मेवारी पाएका छन्।त्यस्तैगरी बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूण विक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएका छन् । जिल्ला, प्रदेश र पालिका तहसम्म

    • प्रकाशित मितिः असार १३, २०७९
    • 148 पटक पढिएको
  • ‘स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउँछु’

    काठमाडौँ / नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने बताएका छन्।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने बताएका हुन्। उनले भने, ‘हनुमान ढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरू हुन्। यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ। त्यो कामलाई म प्रारम्भ गर्ने छु ।’ उनले आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्ने र कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभ

    • प्रकाशित मितिः असार १३, २०७९
    • 108 पटक पढिएको
  • मन्त्रीबाट हटाइएका समाजवादीका चारैजना नेता बैठकमा अनुपस्थित

    काठमाडौं / नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्रीबाट फिर्ता बोलाएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन् । सोमबार काठमाडौंको कमलादीमा सुरु केन्द्रीय परिषद् बैठकमा उनीहरु अनुपस्थित भएका हुन् ।एकीकृत समाजवादीले आइतबारमात्रै पार्टीबाट सरकारमा रहेका रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीबाट नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरू सहभागी भएका थिएनन् । आफूहरूले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जबरजस्ती फिर्ता बोलाएको भन्

    • प्रकाशित मितिः असार १३, २०७९
    • 141 पटक पढिएको
  • नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

    काठमाडौँ  / एकीकृत समाजवादीबाट नियुक्त भएका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले सपथ लिएका हुन् । उक्त समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बने

    • प्रकाशित मितिः असार १३, २०७९
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.