राजनीति

    Showing 7,601-7,610 of 7,667 items.
  • कांग्रेसले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । प्रतिनिधिसभा पुनर्थापनापछि रणनीति बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेकपाका दुबै समूहको प्रस्ताव र कांग्रेसले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 69 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा चुनावी प्रक्रिया स्थगित

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै निर्वाचन आयोगले निर्वाचनको सबै तयारी स्थगित गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेको थियो । निर्वाचन मिति घोषणा भएसँगै प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तिव्र तयारी गर्न दवाव दिएका थिए । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि निर्वाचनको तयारी स्गथित गरिएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैससलासँगै निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनैपर्ने समयको चाप अब हटेको

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 121 पटक पढिएको
  • ओली पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार

    काठमाडौं । नेकपा ओली पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसला स्वीकार्दै अदालतले तोकेकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ । नेकपा ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । उनले भने, ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।बैठकले देशका विभिन्न ठ

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 84 पटक पढिएको
  • नेकपा प्रचण्ड-माधव समूहको देशैभर विजय जुलुस

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेपछि नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।बुधबार शान्तिबाटीकामा भेला भएका समूहका नेता तथा कार्यकर्ताले विजय जुलुससहित नगर परिक्रमा गरेका छन् । जुलुसमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्चको यो फैसलापछि उत्साहित नेकपाको सो पक्षले बुधबार देशैभर विजय जुलुस निका

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 98 पटक पढिएको
  • सर्वोच्चको आदेशअनुसारै संसद आह्वान गर्ने ओली समूहको निर्णय

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो। लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘फैसला सबै अपेक्षित हुँदैन। तर, हाम्रो चिन्ता स्थिर सरकार बलियो राजनीतिक स्थायित्व नै हो।’ अदालतको निर्णयले देशको राजनीतिक अब कता जान्छरु भन्ने गम्भिर बिषयमा पनि छलफल

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 90 पटक पढिएको
  • ओली समूहको सुर्खेतको आमसभा स्थगित

    बिर्तामोड। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ ।कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए ।यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । ‘हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ,’ ओली समूहका नेता गुलावजङ्ग शाहले भने, ‘हिजो जनताको माझ जाने कुरा थियो । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 72 पटक पढिएको
  • प्रधानमन्त्रीको कुनैपनि हालतमा राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।  सिटिइभीटीको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कायर होइन राजीनामा दिन, कुनैपनि हालतमा राजीनामा आउँदैन ।’ मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मुलुक राजनीतिक संकटतर्फ धकेलिएको समेत दावी गरे ।‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याँकन गर्नेछन्’ उनले भने, प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 109 पटक पढिएको
  • सचिवालय बैठक तत्काल बोलाउन ओली–प्रचण्डसँग बामदेवको माग

     काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का नेता बामदेव गौतमले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् । नेता गौतमले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले बैठक बोलाउन आवश्यक रहेको उल्लेख गरेका छन् । गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी शर्मा ओली र  प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’गौतमले रा

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 68 पटक पढिएको
  • देशभर नेकपाको प्रचण्ड–नेपाल समूहले जुलुस गर्दै

    बिर्तामोड / नेकपाको प्रचण्ड – नेपाल समुहले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।काठमाडौंमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ । यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् ।बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिज

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 74 पटक पढिएको
  • चितवनको कार्यक्रम छाडेर प्रचण्ड र माधव काठमाडौं जाँदै

    बिर्तामोड / प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष चितवनबाट काठमाडौँ फर्किंदै छन् । मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं आउन लागेका हुन् । संसद विघटन बिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन् । चितवनबाट काठमाडौं आउने बुद्ध एयरको पहिलो उडानमार्फत नेताद्वय राजधानी फर्किंदै छन् । आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 119 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा