काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ। राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो ।

प्रशिक्षक विभागका अनुसार प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरीले जिम्मेवारी पाएका छन्।

OM Sai Pathibhara Hospital

त्यस्तैगरी बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूण विक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएका छन् । 

जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ। असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो ।