काठमाडौं / नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्रीबाट फिर्ता बोलाएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन् । सोमबार काठमाडौंको कमलादीमा सुरु केन्द्रीय परिषद् बैठकमा उनीहरु अनुपस्थित भएका हुन् ।

एकीकृत समाजवादीले आइतबारमात्रै पार्टीबाट सरकारमा रहेका रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीबाट नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

OM Sai Pathibhara Hospital

समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरू सहभागी भएका थिएनन् । आफूहरूले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जबरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए ।