काठमाडौँ / नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने बताएका छन्।

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने बताएका हुन्। 

OM Sai Pathibhara Hospital

उनले भने, ‘हनुमान ढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरू हुन्। यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ। त्यो कामलाई म प्रारम्भ गर्ने छु ।’ 

उनले आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्ने र कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको बताए।