काठमाडौँ / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलगायतका नेताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । 

उनीहरूलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्न लागेका हुन् ।

OM Sai Pathibhara Hospital

एक साता अगाडि पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार लगायतका नेताहरूले नेकपाबाट सामूहिक राजीनामा दिएका थिए ।

पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्युरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।