काठमाडौँ / वामदेव गौतमले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् ।  मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा गौतमले सो पार्टीको घोषणा गरेका हुन् ।

पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टी पार्टी बहुपदीय हुने बताएका छन् । 

OM Sai Pathibhara Hospital

पार्टीमा प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एक जना महासचिव रहने व्यवस्था गरेका छन् । यस्तै पार्टीमा एक जना उपमहासचिव र एक जना सचिवको व्यवस्था रहने गौतमले बताए। उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ।