काठमडौँ / एकीकृत समाजवादी पछि जनता समाजवादी पार्टी (जसपा) ले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू फेरबदल गर्ने निर्णय गरेको छ । 

सोमवार राति बसेको उपेन्द्र पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

कार्यकारिणी सदस्यहरूले नयां मन्त्री पठाउने सबै अधिकार समेत अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ । बैठकमा बाबुराम भट्टराई पक्षमा लागेका कुनै पनि नेतालाई नबोलाइएको बताइएको छ । 

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले नेताहरू बाबुराम भट्टराई र महेन्द्र यादवसहित केही नेताहरूलाई कारवाही गर्ने अधिकार पनि यादवलाई दिएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रेणुकुमारी यादव, वन मन्त्रालयमा रामसहायप्रसाद यादव र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा महिन्द्र राय यादव मन्त्री भएका छन् ।