काठमाडौँ  / एकीकृत समाजवादीबाट नियुक्त भएका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले सपथ लिएका हुन् । 

उक्त समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् । 

OM Sai Pathibhara Hospital

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बने । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैन्

समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार पार्टीले पर्यटनमन्त्रीमा प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाएको थियो । तर, समाजवादीबाट सरकारमा सहभागि भएका मन्त्रीहरूले पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउँदै आएका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक नेकपा एसको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।