राजनीति

    Showing 7,501-7,510 of 10,368 items.
  • जनमत पार्टीका कार्यकर्ताले गरे कृषि मन्त्रालयमा तालाबन्दी

    काठमाडौँ / सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् ।जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरूमा व्यापक भ्रष्टाचार भएको, कृषकहरूलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै कारबाहीका

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 112 पटक पढिएको
  • कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मिन बहादुर

    काठमाडौँ / नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतक तोकेको छ। बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो ।त्यसैगरी पार्टीको सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि सो पद पनि रिक्त हुन पुगेको थियो ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 112 पटक पढिएको
  • काठमाडौँका महानगरका मेयर बालेनले दिए नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध उजुरी

    काठमाडौँ / काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले हिमालयन टेलिभिजन र राष्ट्रिय दैनिक नेपाल समाचारपत्रविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् । समाचारपत्र र हिमालयन टेलिभिजनले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै मेयर बलेनले ती समाचार माध्यमहरूमाथि कारबाही माग गर्दै मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टिभीले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको भन्दै समाचार प्रकाशन र प्रसारण

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 136 पटक पढिएको
  • पूर्वाधार निर्माणलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।६० औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन् ।उनले जनताको आवश्यकता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माण गर्न इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर लाग्नुपर्ने बताए । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारहरूको

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 100 पटक पढिएको
  • राप्रपाका ४ नेताले छाडे पार्टी

    काठमाडौँ / स्पष्टीकरण सोधिएका ४ जना नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी परित्याग गर्ने नेताहरूमा दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ रहेका छन । मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन नेताहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टीमा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको उनीहरूले बताएका छन् । विधि विधानको धज्जी उडेको अवस्थामा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी छाडेको घोषणा गरेका छन् । गत २९ असारमा बसेको राप्रपा के

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 166 पटक पढिएको
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

    काठमाडौँ / राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो ।बैठकमा पार्टीका पूर्वअध्यक्ष द्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 94 पटक पढिएको
  • राप्रपा नेपालका २९ विभाग प्रमुख तथा सचिव मनोनित (सूचीसहित)

    झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले २९ विभागमा प्रमुख तथा सचिव मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष थापाले विभाग तथा समितिकाे प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख थापा आफैँ रहेका छन् भने सचिव राजाराम बर्तौला मनोनीत भएका छन् । यस्तै, अनुशासन आयोगको प्रमुखमा राजीव पराजुली, सचिवमा डम्बर प्रसाद शिवाकोटी, सामाजिक विभागको प्रमुखमा जयकुमार खड्का, सचिवमा निराकारमान सिंह रेग्मी मनोनीत भएका छन् । यसैगरी अनुसन्धान तथा योजना विभागको प्रमुखमा डा. विष्णु भण्डारी र सचिवमा श्रेय केसी, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 139 पटक पढिएको
  • भदौ २ देखि चुनाव लक्षित अभियान चलाउँदै कांग्रेस

    काठमाडौं / नेपाली कांग्रेसले भदौ २ गतेदेखि २४ गते सम्म विशेष अभियान चलाउने भएको छ ।सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा चुनाव लक्षित विशेष अभियान चलाउने निर्णय गरेको हो ।यो अभियानको विस्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्ने छ ।बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ ।गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नि

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 111 पटक पढिएको
  • प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

    विराटनगर / प्रदेश –१ प्रमुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेश १ को नामाकरण बारे छलफल गर्न सभामुख भण्डारीले साउन ६ गतेका लागि बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि प्रदेशको नामकरणका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।त्यस्तै सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । सात मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन् । प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 128 पटक पढिएको
  • नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड

    काठमाडौँ / राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले बैठकमा बोल्दै नागरिकता विधेयकको विषय छिटो टुंग्याउनुपर्ने बताए । नागरिकता विधेयक जतिसक्दो चाँडो राष्ट्रियसभाबाट पास गर्नुपर्ने उनको भनाई छ ।त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा राखेकी छन् ।उनले भनिन्, –‘नागरिकताको व

    • प्रकाशित मितिः साउन २, २०७९
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.