काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी स्वाभिमानी मान्छे हौँ । ओलीले बोलाउँदैमा बालुवाटार बैठकमा जाँदैनौँ ।’उनले ओलीले राखेको संसदीय बोर्डको बैठकमा पनि नबस्ने जिकिर गरेका छन् । ‘हामी दुई बबुरोलाई संसदीय बोर्डमा राखेको रहेछ । उहाँले राख्दैमा प्रभु भन्दै जाने पक्षमा छैनौँ । संसदीय बोर्डमा पनि बस्दैनौँ’ उनले भने, ‘संसदीय दलको बैठक बालुवाटारमा होइन । संसदीय दलको कार्यालय छ। त्यहाँ बैठक राखे जान्छौँ । पार्टीको बैठक निजी निवासमा राखे जाँदैनौँ।’उनले पार्टी एकतालाई ज
काठमाडौं \ नेकपा एमाले ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही गर्ने तयारी गरेको छ । पार्टीको विधान र हित विपरित गतिविधि गरेको आरोपमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही प्रकृया थालेको हो । पहिलो चरणमा पत्र काटेरै स्पष्टीकरण सोध्ने तयारी गरिएको बताइएको छ ।सनिबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको भन्दै कारवाही गरिने बताएका थिए ।माधव–झलनाथ समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने रहेको भन्दै ओलीले यस्ता गतिविधिमा संलग्लाई कारवाह
काठमाडौं / नेकपा एमालेका नेता वामदेव गौतम पार्टीको बालुवाटार बैठकमा सहभागी भएका छन् । उनी भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । नेता गौतम सहभागी भएपनि माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।पार्टीको संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोही बैठकमा गौतम सहभागी बालुवाटार पुगेका हुन् । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।नेता गौतमले शुक्रबार नै सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर, पार्टीका माधव झलनाथ पक्षले अस्वीकार गरेका थिए । माधव–खनाल पक्ष बैठकमा स
काठमाडौँ / नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गरेका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।अग्नि खरेलले शुक्रबार नै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै बडाललाई नियुक्ति लागि सिफारिस गरिएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् ।
बिर्तामोड / नेकपा एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ । त्यसका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।बालुवाटारमा बसेको संसदीय दलको बैठकले विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका छन् ।बिहीबार बालुवाटारमा बसेको एमालेको संसदीय बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् ।सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपे
काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि मनोनीत गरिएको छ ।बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन
विराटनगर / नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिएका छन्।कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए । पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.