काठमाडौँ / राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठकमा पार्टीका पूर्वअध्यक्ष द्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।