काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।

६० औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले जनताको आवश्यकता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माण गर्न इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर लाग्नुपर्ने बताए । 

देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारहरूको विकास आवश्यक हुने भन्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरूले आफ्नो पेसालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इन्जिनियरहरूलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका थिए ।