झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले २९ विभागमा प्रमुख तथा सचिव मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष थापाले विभाग तथा समितिकाे प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख थापा आफैँ रहेका छन् भने सचिव राजाराम बर्तौला मनोनीत भएका छन् । यस्तै, अनुशासन आयोगको प्रमुखमा राजीव पराजुली, सचिवमा डम्बर प्रसाद शिवाकोटी, सामाजिक विभागको प्रमुखमा जयकुमार खड्का, सचिवमा निराकारमान सिंह रेग्मी मनोनीत भएका छन् । 

OM Sai Pathibhara Hospital

यसैगरी अनुसन्धान तथा योजना विभागको प्रमुखमा डा. विष्णु भण्डारी र सचिवमा श्रेय केसी, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विभागको प्रमुखमा राजेन्द्र वीर राय र सचिवमा सुशील गिरी, सूचना तथा प्रविधि विभागको प्रमुखमा लाक्पा तामाङ र सचिवमा कुमार गजुरेल, सचिवालयको प्रमुखमा भास्कर भद्रा र सचिवमा आनन्द रिसाल, प्रशिक्षण विभागको प्रमुखमा सुशीला श्रेष्ठ र सचिवमा उज्जल पोखरेल मनोनीत भएका छन् ।

त्यस्तै थापाले कार्यक्रम तथा व्यवस्थापन विभागको प्रमुखमा इन्द्र चित्रकार, संगठन विभागको प्रमुखमा राजाराम बरतौला र सचिवमा राम सुन्दर विष्ट, आर्थिक विभागको प्रमुखमा ज्ञानेन्द्र कार्की, प्रचार प्रसार विभागको प्रमुखमा सुरेश आचार्य र सचिवमा शशि भण्डारी, शिक्षा विभागको प्रमुखमा बसन्तमान सिंह अधिकारी र सचिवमा लक्ष्मीकुमारी सत्याल (पौडेल), धर्मसंस्कृति समन्वय विभागको प्रमुखमा विक्रम वम र सचिवमा सुजन पराजुलीलाई मनोनयन गरेका छन् । 

आदिवासी जनजाति विभागको प्रमुखमा तेज कुरुङ्वाङ र सचिवमा मुमा राज राई, मानव अधिकार तथा कानुन विभागको प्रमुखमा नरप्रसाद थापा र सचिवमा भुपेन्द्र पोखरेल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा हिक्मतजंग भण्डारी मनोनीत भएका छन् भने महिला विभागको प्रमुखमा ममता राई, प्रवास विभागको प्रमुखमा धरम कुमार गुरुङ र सचिवमा मनोज जयसवाल रहेका छन् । 

स्वास्थ्य, जनसंख्या तथा लैङ्गिक विषय विभागको प्रमुखमा प्रतिष्ठा रायमाझी र सचिवमा जनक बहादुर फडेरा, मुस्लिम विभागको प्रमुखमा खालीद इराकी र सचिवमा सकिल मोहमद, जनसम्पर्क विभागको  प्रमुखमा कुमार श्रेष्ठ र सचिवमा गृष्मा मल्ल, सहकारी संस्था समन्वय विभागको प्रमुखमा राजकुमार खड्का र सचिवमा राजु श्रेष्ठ, गैर सरकारी संस्था समन्वय विभागको प्रमुखमा महेश्वर रोक्का, खेलकुद विभागको प्रमुखमा अभिषेक थापा, उद्योग वाणिज्य क्षेत्र समन्वय विभागको प्रमुखमा हरिकृष्ण श्रेष्ठ, पर्यटन क्षेत्र समन्वय समितीको प्रमुखमा गोविन्दसिंह डंगोल र योग शिक्षा विभागको प्रमुखमा प्रमिला उप्रेती चयन भएका छन्  ।