विराटनगर / प्रदेश –१ प्रमुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

प्रदेश १ को नामाकरण बारे छलफल गर्न सभामुख भण्डारीले साउन ६ गतेका लागि बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

OM Sai Pathibhara Hospital

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि प्रदेशको नामकरणका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

त्यस्तै सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । सात मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन् । 

प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन । दलहरू आ–आफ्नै अडान लिइरहेका छन् ।