काठमाडौँ / नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतक तोकेको छ। 

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।

OM Sai Pathibhara Hospital

यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो ।

त्यसैगरी पार्टीको सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि सो पद पनि रिक्त हुन पुगेको थियो ।