काठमाडौँ / राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले बैठकमा बोल्दै नागरिकता विधेयकको विषय छिटो टुंग्याउनुपर्ने बताए । नागरिकता विधेयक जतिसक्दो चाँडो राष्ट्रियसभाबाट पास गर्नुपर्ने उनको भनाई छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा राखेकी छन् ।

उनले भनिन्, –‘नागरिकताको विषयमा छिमेकी मुलुकको गरेको कानुनी व्यवस्था र प्रयोगलाई पनि हेरिनु पर्दछ, नागरिकता प्रदान गर्ने विधि सरल तर नागरिकतासम्बन्धी हाम्रो नीति भने कठोर हुनुपर्दछ ।’ 

नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एक रुपता हुनुपर्नेमा जोड दिएका दिएका छन् ।

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।