काठमाडौँ / काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले हिमालयन टेलिभिजन र राष्ट्रिय दैनिक नेपाल समाचारपत्रविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् । 

समाचारपत्र र हिमालयन टेलिभिजनले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै मेयर बलेनले ती समाचार माध्यमहरूमाथि कारबाही माग गर्दै मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टिभीले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको भन्दै समाचार प्रकाशन र प्रसारण गरेका थिए । 

उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।  

‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रसारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उनले लेखेको उजुरीमा उल्लेख गरिएको छ ।

मेयर बालेनले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको दावी गरेका छन् ।