काठमाडौँ / जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक तथा सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।साह नगरपालिकाको युवा क्लब उद्घाटन कार्यक्रममा जाँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी शाहको टाउको फुटेको छ भने उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि जनमतका कार्यकर्ताले कुटपिट गरेका छन् । उनीहरु दुबै जनाको लबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
तेह्रथुम / स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तेह्रथुममा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेको छ । कांग्रेसले गत निर्वाचनमा ६ वटा स्थानीय तह मध्ये एउटा पालिका मात्रै जितेकोमा आसन्न निर्वाचनमा भने सबै पालिका जित्ने तयारीका साथ कार्यकर्ता भेटघाट सुरु गरेको हो । गत निर्वाचनमा कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) साथै संघीय सांसदसमेत गुमाएको थियो । यही ३० बैशाखमा हुन गई रहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र सङ्घमा जित सुनिश्चित गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक
काठमाण्डौ / अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनमा गएपछि एमसीसी प्रति असन्तुष्ट बनेको छिमेकी मुलुक चिनका विदेशमन्त्री नेपालको तीन दिने भ्रमणका क्रममा काठमाण्डौ आइपुगेका छन् ।पाकिस्तान , अफगानिस्तान र भारतको भ्रमण सकेर चिनिँया विदेशमन्त्री वाङ यी शुक्रबार तिन दिनका लागि काठमाण्डौ आईपुगेका हुन् ।नेपाल सरकारको निमन्त्रणामा नेपाल आएको बताइएपनि पछिल्लो समयमा पश्चिमा मुलुक नेपालमा हावी भएको अवस्थामा उनी नेपाल आइपुगेका हुन् ।भारतको नयाँ दिल्लीबाट विशेष विमानबाट काठमाण्डौ आइपुगेका उनी विमानस्थलबाट सिधै बत्तिसपुतली स्थित होटल द्धारिकाज गएका छन् । नेपालमा रहँदा उनी होटल द्धारिकाजमा नै रहने काठमाण्ड
पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह विगतका वर्ष झै यसपटक पनि नयाँ वर्ष मनाउनका लागि झापा आइपुगेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह चन्द्रगढी विमानस्थल हुँदै झापाको दमक स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि स्टेट आइपुगेका हुन् ।नयाँ वर्ष मनाउनका लागि पूर्वराजा – रानि आफ्ना सहयोगी र सुरक्षाकर्मी सहित दमक आइपुगेका हुन् । पूर्वराजा रानीको आगमनमा स्वागतका लागि सयौ सर्वसाधारण विमानस्थल सम्म नै पुगेका थिए ।
काठमाडौं / महिलालाई हातपात गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ छ । कालीकोट घर भएका उनलाई गएराति ठमेलबाट पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / विशेष कारणले पटका पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बिर्तामोड /एमाले सम्बद्ध गुन्डा नाइके वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई हातपात गरेको अभियोगमा बिहीबार राती ठमेलबाट बमलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको हो । कालिकोट घर भइ हाल काठमाडौं बस्दै आएका बमउपर अनुसन्धान भइरहेको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं \ आगामी बैशाखमा ३० गते हुने स्थानीयको निर्वाचनका लागी निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने जानकारी दिएका हुन् ।उनले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र छापिने बताएका छन् ।मतपत्र छपाइको लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको अर्यालले बताए ।
झापा \ सत्तारुढ दल नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । यसअघि उनी दलको सचेतक रहेका थिए । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.