जनकपुरधाम / मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । 

प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहका अनुसार संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गरेपछि संघीय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको हो । 

OM Sai Pathibhara Hospital

आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका नेताहरूलाई ज्ञापन बुझाए पनि समायोजन गर्ने मनसायमा नदेखिएकोले आन्दोलनको बाटो रोज्नु परेको मन्त्री शाहले बताए । 

‘संघ प्रहरी हुने, स्थानीय तहको पनि प्रहरी हुने तर प्रदेश सरकारले संविधानमा व्यवस्था भए पनि राख्न नपाउने रु यो संघीयता विरोधी कदम हो,’ उनले भने, ‘यसविरूद्ध न्यायलय समेत इमानदार देखिएन ।’

प्रदेश सरकार विरुद्ध उजुरी दिए पनि न्यायलयले मधेश प्रदेशलाई विभेद गर्दै पेशी आउने बितिकै मिति सार्ने नाटक गर्दै आएको उनको आरोप छ ।

पहिलो चरणमा ७ दिने अल्टिमेटमसहित साउन २२ गते संघ सरकारका प्रतिनिधि प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

अल्टिमेटमभित्र माग पूरा नभए सरकारमा बसेका दलसहित सर्वदलीय निर्णय गरेर आगामी अर्को चरणको आन्दोलन गरिने उनले बताए ।