काठमाडौँ / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना रहेको छ । 

OM Sai Pathibhara Hospital

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मङ्सिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्न सक्नेछन् ।

निर्वाचन आयोगले पनि आगामी ४ मङ्सिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।