झापा / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का सुरक्षा अधिकृतको रुपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।

यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।

OM Sai Pathibhara Hospital

डीएसपी न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए। प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।