काठमाडौँ / सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । 

त्यस्तै कार्यदल सदस्यमा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।