काठमाडौँ / ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाममा पक्राउ पुर्जी जारी गरेपछि विभाजित बनेको नेकपामा तरङ्ग पैदा भएको छ ।  

अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’। प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपामा तरङ्ग पैदा भएको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पुजी जारी भएपछि नेकपा विभाजित भएर बनेको नेबपाका प्रवक्ता हेमन्तप्रकाश ओली  ‘सुदर्शन’ले अदालतले प्रतिबन्धको अवधिको विषयलाई लिएर पक्राउ पुर्जी जारी गरेर राज्यलाई द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् । 

ओलीले सहमति कार्यान्वयनका विषयमा यसअघि सरकारका विभिन्न जिम्मेवार निकायसँग भएको छलफलको स्मरण गराउँदै सहमति कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्षको बाटो रोज्न बाध्य नबनाउन चेतावनी समेत दिएका छन् ।

बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा प्रधानमन्त्री, गृह मन्त्रीसहित सत्तारुढ दलका नेताहरूसँग कुरा गर्दा चाँडै नै समस्या समाधान हुने आश्वासन दिए पनि सरकारले कुनै निर्णय गर्न नसक्दा तीन बुँदे कार्यान्वयन नहुनुले अदालत आफ्नै तरिकाले अघि बढेको ओलीको भनाइ छ । 

प्रवक्ता सुदर्शनले नेकपा बहुमत सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा सहमति यथाशीघ्र कार्यान्वयन गरी सम्पूर्ण झुट्टा मुद्दाहरू एकमुष्ट खारेज गर्न तथा राजबन्दीहरू एकसाथ रिहा गर्न आग्रह समेत गरेका छन् ।

२०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेपछि नेकपा शान्ति प्रक्रियामा आएको थियो। तर, अहिलेसम्म सरकारले सहमति कार्यान्वयन गरेको छैन। ओली सरकार बहिगर्मनपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि सहमति कार्यान्वयन गर्न आलटाल गरिरहेको छ।