काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) पार्टीबीच एकता गर्ने सहमति भएको छ । 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति समेत गठन गरेको छ । दुई पार्टीबाट ६/६ जना गरी १२ सदस्यीय संयोजन रहने गरी समिति गठन गरिएको छ । 

समितिमा किरण, सिपी गजुरेल, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस र धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला, देवकला अधिकारी सदस्य रहेका छन् ।

सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र  नेता(कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

maobadi_SM6WDHtzQ1