झापा / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराईले आफू पहिलो नम्बरमा र महेन्द्र राय यादवलाई दोस्रो अध्यक्ष बनाउँदै पार्टी गठन गरेका हुन् । 

उनको पार्टीको सहअध्यक्ष उनी प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठलाई बनाएका छन् । श्रेष्ठ माओवादी जनयुद्धमा लामो समय होमिएका सिन्धुलीका नेता हुन् ।

OM Sai Pathibhara Hospital

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति भने १ सय ८९ सदस्यीय छ । पार्टीमा तीन उपाध्यक्ष बनाइएको छ । जसमा पहिलो नम्बरमा भट्टराई पत्नी हिसिला यमि समेत छिन् । उपाध्यक्षमा जाजरकोट घर भएका नेता भक्त बहादुर शाह र दुर्गा सोव र महासचिव रमेशप्रसाद यादवलाई बनाइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि भट्टराईले नयाँ पार्टी गठन गरेका हुन् । कुनै बेला माओवादी जनयुद्धको नेतृत्व गरेका र पार्टीको दोस्रो स्थानमा रहेका भट्टराई प्रधानमन्त्री समेत भएका थिए । त्यसपछि उनले नयाँ शक्ति नामक पार्टी गठन गरेका थिए ।

पछिल्लो समय मधेश र पहाडलाई जोड्ने भन्दै जनता समाजवादी पार्टी बनाएका भट्टराईको उपेन्द्र यादवसँगको मतभेद भएपछि उनी अलग भएका छन् ।

दीपक लामिछाने अध्यक्ष रहेको पार्टी उनले भट्टराईलाई हस्तान्तरण गरेका हुन् । भट्टराईले केन्द्रीय समितिमा छोरी मानुषी यमि भट्टराईलाई दश नम्बरमा र ज्वाइँ` जेकेन्द्र श्रेष्ठलाई ४१ नम्बरमा राखेका छन् ।

मानुषी र जेकेन्द्रले अखिल क्रान्तिकारीमा समेत केन्द्रीय समितिमै रहेर राजनीतिक गरेका थिए । जवाहरलाल विश्वविद्यालयमा अध्ययन गरेकी मानुषी त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति समेत बनेकी थिईन

भट्टराई पत्नी हिसिला देशको मन्त्री र सांसद बनेकी थिइनउनी माओवादीमा हुँदा नेवा राज्यको प्रमुख समेत बनिन् ।