राजनीति

    Showing 7,421-7,430 of 10,368 items.
  • नेकपा एसद्वारा सुनसरीमा उम्मेदवारको नाम सिफारिस

    धरान / नेकपा (एकीकृत समाजवादी) सुनसरीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको छ । जिल्ला सचिव वसन्त सुवेदीका अनुसार प्रदेश सभातर्फ क्षेत्र–१ (क) का लागि सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने (ख) का लागि रेवतीरमण राई, अमृता रामदाम र श्याम नारायण राजधामीको नाम सिफारिस गरिएको यस्तै क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 150 पटक पढिएको
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव : भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

    काठमाडौं /  नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही २२ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो ।उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानूनबमोजिमको योग्यता लगायतका आ

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 122 पटक पढिएको
  • विश्वप्रकाश शर्माको नाम झापा १ बाट सिफारिस, जित्ने सम्भावना कति ?

    बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज (बिहीबार) बसेको बैठकले शर्माको नाम सिफारिस गरेको हो । उनले यसअघि संसदीय चुनावमा दुई पटक ०७० र ०७४ सालमा पराजय भोगिसकेका छन् । उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए ।शर्माको निर्वाचन क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकाको वडा नम्बर ९ र १०, बुद्धशान्ति गाउँपालिक

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 583 पटक पढिएको
  • सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने मेयर हर्कको चेतावनी

    बिर्तामाेड / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् ।बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले फेसबुकमा गाली गर्नेलाई मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । ‘फेसबुकमा गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले भनेका छन्, ‘अनि मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’ साथै उनले देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्। विशेषगरी काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र काठमाडौँको फोहोरको बारेमा आलोचना

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 209 पटक पढिएको
  • गगन थापाले कास्की –१ बाट निर्वाचन लड्न दिए आवेदन

    झापा / सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कास्की –१ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् ।यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका उनले बुधबार महामन्त्री थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । उनले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।त्यस्तै थापाले आजै काठमाडौं –४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् । यो पटकसहित उनी काठमाण्डु –४ मा तेस्रो पटक निर्वाचन लड्दैछन् । थापा यसअघि पहिलोपटक २०६४ सालमा समानुपातिक तर्फ

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 167 पटक पढिएको
  • नागरिकता विधेयक : माओवादी केन्द्रका शीर्ष नेताहरू शीतलनिवासमा

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू शीतलनिवास पुगेका छन् । बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै माओवादी केन्द्रका शीर्ष नेताहरू नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतलनिवास पुगेका हुन् ।शीतलनिवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा राष्ट्रपतिसँगको परामर्शमा सहभागी छन् ।राष्ट्रपति भण्डारीले माओवादी नेताहरूलाई परामर्शका लागि बोलाएकी थिइन् । राष्ट्रपति भण्डारीले पछिल्लो समय नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरूसँग

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 152 पटक पढिएको
  • सुदूरपश्चिमका राज्यमन्त्री चौधरी बर्खास्त

    काठमाडौँ / सुदूरपश्चिम प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।नेकपा एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका उनलाई बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाएका हुन् । चौधरी आज नेकपा एस त्याग गरी पुनः एमालेमा फर्कन लागेका थिए । चौधरीले मन्त्रीबाट राजीनामा नै नदिई एमालेमा प्रवेश गर्न लागेकाले उनलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 169 पटक पढिएको
  • सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्भाचोभको निधन

    एजेन्सी / तत्कालीन सोभियत संघका अन्तिम नेता भिखाइल गोर्भाचोभको निधन भएको छ । रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका तर सोभियत संघको पतन रोक्न असफल भएका मिखाइल गोर्भाचोवको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।विश्व कम्युनिष्ट आन्दोलनमा एउटा चर्चित नाम गोर्भाचोभको निधनसँगै इतिहासको एउटा पाटोको अन्त्य भएको छ । गोर्भाचोभले सोभियत युनियनलाई शीत युद्धबाट शान्तिपूर्ण राजनीतिमा पर्दापण गराएका थिए । त्यसैले उनलाई कतिपय कट्टरतावादी क्रान्तिकारीहरूले संशोधनबादीको बिल्ला भिराएका थिए ।  उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको शक्तिशाली नेताका रुपमा उदाएका थिए । ९१ वर्षमा निधन भएका गोर्भाचोभ

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 115 पटक पढिएको
  • सत्ता गठबन्धनलाई सिट बाँडफाटमा सकस : कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौँ / सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ।आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि जारी प्रयासलाई टुङ्गोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुङ्गोमा पुग्न सकेको छैन ।नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि, शीर्ष नेताहरूको बैठकब

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 149 पटक पढिएको
  • मोरङ -३ बाट रेखा थापाले उम्मेदवारी दिने

    काठमाडौँ / कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् ।राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ -३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ -३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने ।गत मङ्सिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।अब आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हु

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 330 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.