काठमाडौँ / सुदूरपश्चिम प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका उनलाई बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाएका हुन् । 

OM Sai Pathibhara Hospital

चौधरी आज नेकपा एस त्याग गरी पुनः एमालेमा फर्कन लागेका थिए । चौधरीले मन्त्रीबाट राजीनामा नै नदिई एमालेमा प्रवेश गर्न लागेकाले उनलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।