धरान / नेकपा (एकीकृत समाजवादी) सुनसरीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । 

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला सचिव वसन्त सुवेदीका अनुसार प्रदेश सभातर्फ क्षेत्र–१ (क) का लागि सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने (ख) का लागि रेवतीरमण राई, अमृता रामदाम र श्याम नारायण राजधामीको नाम सिफारिस गरिएको 

यस्तै क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका उमेदवारको नाम भने आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सचिव सुवेदीले जानकारी दिए । 

त्यस्तै क्षेत्र नं ३ बाट मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका तर्फ क्षेत्र नं ३ (क) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने (ख) बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको छ । 

त्यसैगरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा केशवप्रसाद तिम्सिना, डा. सिएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाका लागि क्षेत्र नं ४ को (क) मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ (ख) मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको सचिव सुवेदीले बताए ।