बिर्तामाेड / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले फेसबुकमा गाली गर्नेलाई मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

‘फेसबुकमा गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले भनेका छन्, ‘अनि मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’ साथै उनले देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्। विशेषगरी काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र काठमाडौँको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्क विरुद्ध सामाजिक सञ्जालमा गाली गलौज बढ्न थालेको छ ।

आफ्ना गतिविधि सामाजिक सञ्जालबाट दिइरहेका साम्पाङले यसअघि काठमाडौँ आउँदा फोहोर नउठेको विषयमा व्यंग्य गरेका थिए ।

‘मैले काठमाण्डुको कुहिएर गन्हाइरहेको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनेँ,’ उनले प्रष्टिकरण दिँदै भनेका छन्, ‘सुनको थुप्रो भनिँन त्यसैले शुरु भयो फेसबुकवार’ सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्ततः जित सत्यकै हुन्छ !’