झापा / सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कास्की –१ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् ।

यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका उनले बुधबार महामन्त्री थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।

OM Sai Pathibhara Hospital

थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । उनले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।

त्यस्तै थापाले आजै काठमाडौं –४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् । यो पटकसहित उनी काठमाण्डु –४ मा तेस्रो पटक निर्वाचन लड्दैछन् । थापा यसअघि पहिलोपटक २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए ।

त्यसपछि ०७० र ७४ मा काठमाण्डु –४ बाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा थापाले एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका थिए । २१ हजार ५५८ मत ल्याएर थापा विजयी हुँदा भट्टराईले १८ हजार १४० मत प्राप्त गरेका थिए ।

विद्यार्थी राजनीतिबाट आएका थापा प्रखर वक्ता मानिन्छन् ।