एजेन्सी / तत्कालीन सोभियत संघका अन्तिम नेता भिखाइल गोर्भाचोभको निधन भएको छ । 

रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका तर सोभियत संघको पतन रोक्न असफल भएका मिखाइल गोर्भाचोवको ९१ वर्षको उमेरमा 
मंगलबार निधन भएको हो ।

OM Sai Pathibhara Hospital

विश्व कम्युनिष्ट आन्दोलनमा एउटा चर्चित नाम गोर्भाचोभको निधनसँगै इतिहासको एउटा पाटोको अन्त्य भएको छ । गोर्भाचोभले सोभियत युनियनलाई शीत युद्धबाट शान्तिपूर्ण राजनीतिमा पर्दापण गराएका थिए । त्यसैले उनलाई कतिपय कट्टरतावादी क्रान्तिकारीहरूले संशोधनबादीको बिल्ला भिराएका थिए ।  

उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको शक्तिशाली नेताका रुपमा उदाएका थिए । ९१ वर्षमा निधन भएका गोर्भाचोभ प्रति विश्वभरिका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्र संघका महासचिव गुटेरसले ट्विटरमा लेखेका छन्, ‘विश्वले निरन्तर शान्तिको कामना गर्ने एक शीखर नेतालाई गुमाएको छ ।’ 

गोर्भाचोभलाई उपचार गराइएको अस्पतालले उनीमा फोक्सोको समस्या रहेको उल्लेख गरेको छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गोर्भाचोभको निधनमा दुःख व्यक्त गरेका छन् ।