काठमाडौँ / सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि जारी प्रयासलाई टुङ्गोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुङ्गोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । 

यद्यपि, शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।