काठमाडौँ  / नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू शीतलनिवास पुगेका छन् । 

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै माओवादी केन्द्रका शीर्ष नेताहरू नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतलनिवास पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

शीतलनिवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा राष्ट्रपतिसँगको परामर्शमा सहभागी छन् ।

राष्ट्रपति भण्डारीले माओवादी नेताहरूलाई परामर्शका लागि बोलाएकी थिइन् । राष्ट्रपति भण्डारीले पछिल्लो समय नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरूसँग परामर्श गर्दै आएकी छन् । 

यसभन्दा अघि नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूसँग राष्ट्रपति भण्डारीले छलफल गरिसकेकी छन् ।

सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक उनले सन्देशसहित पुनर्विचारको लागि फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभाको बैठकले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको उक्त विधेयक हुबहु पारित गरेको छ ।