राजनीति

    Showing 7,391-7,400 of 9,642 items.
  • इलामको सूर्योदयमा कांग्रेसबाट नगर प्रमुखमा ११ र उप-प्रमुखमा ६ जनाको दाबी

    इलाम / आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा ११ र उप-प्रमुखमा  ६ जनाले दाबी गरेका छन् ।सूर्योदय नगरपालिका प्रदेश १ को पहाडी जिल्लाको सबैभन्दा ठुलो नगरपालिका हो । कांग्रेसबाट नगर प्रमुखमा दाबी गर्नेहरुमा प्रथम स्थानीय तह चुनावमा पराजित प्रेमलाल राई , दुर्गा बराल ,  भीष्म प्रधान , उद्धव पौडेल, निस्कल राई, मोहन श्रेष्ठ,  मिलन क्षेत्री, हरि लुँइटेल , राजकुमार रेसेङ, जीवन नेपाल र देवेन्द्र राई रहेका छन् ।  बराल र प्रधान  कांग्रेसको  पूर्व क्षेत्रीय सभापति समेत हुन् । पौडेल महाधिवेशन प्रति

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 113 पटक पढिएको
  • धादिङमा पालिका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

    धादिङ / धादिङको खनियाबास गाउँपालिका-३ बच्छलामा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका कार्यकर्ता राजु पाख्रिन रहेका छन् । पाख्रिन र अध्यक्ष तामाङबीच नेपाली कांग्रेस वडाध्यक्षको टिकटको  विषयलाई लिएर विवाद भएको बताइएको छ । अध्यक्ष तामाङ कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत हुन् । पाख्रिनको आक्रमण पछि घाइते भएका अध्यक्ष तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 95 पटक पढिएको
  • इलाममा ४ राजनीतिक दल बिच चुनावी गठबन्धन

    इलाम /  इलामको इलाम नगरपालिकामा ४ राजनीतिक दल बिच  स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । प्रत्येक राजनीतिक दलबाट ४/४ जना गरि १६ जनाको समिति निर्माण भएको नेकपा माओवादी केन्द्र इलाम नगर अध्यक्ष प्रभास शर्माले जानकारी दिएका छन् ।मंगलबार जनता समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी  बिच गठबन्धन गर्ने सहमति भएको हो  । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 166 पटक पढिएको
  • भारत भ्रमणमा जाँदै पूर्व राजा ज्ञानेन्द्र, भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने

    बिर्तामोड / पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । हाल झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र आचार्य महामण्डलेश्वरकाे निमन्त्रणामा झापाबाटै भारत भ्रमणमा जाने भएका हुन् । भ्रमणको मिति भने तय भइसकेको छैन् । राजा ज्ञानेन्द्रले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्व रानी कोमल र छोरा प्रेरणाको साथमा पूर्व राजा ज्ञानेन्द्र गत चैत ११ गते झापा आएका थिए । २०८९ सालको नयाँ वर्ष झापामै मनाउने योजना रहेको बताइएको छ । नयाँ वर्ष सकिए लगतै राजा ज्ञानेन्द्र झापाबाटै सिलगुडी हुँदै नयाँदिल्ली जाने बताइएको छ । पछ

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 139 पटक पढिएको
  • मोरङमा जनप्रतिनिधिहरूले धमाधम बेरुजु फिर्ता गर्दै

    विराटनगर / स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागी मोरङमा जनप्रतिनिधिले धमाधम बेरुजु फछर्यौट गर्न थालेका छन् । निर्वाचन आयोगले स्थानीय तहको बेरुजु रहेकाहरू निर्वाचनमा उम्मेदवार बन्न नपाउने आचारसंहिता बनाएपछि मोरङमा जनप्रतिनिधिहरूले धमाधम बेरुजु फर्छ्यौट गर्न थालेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मोरङको विराटनगर महानगरपालिका र मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरूले धमाधम बेरुजु रकम फछर्यौट गर्न थालेका हुन् । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७६/०७७ मा फछर्यौट रकम  १० कराेड ४१ लाख ४३ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अहिले सम्म व

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 97 पटक पढिएको
  • सगरमाथामा राप्रपाको झण्डा

    बिर्तामोड /  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको झण्डा सगरमाथामा फहराईने भएको छ।आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन्।आज  काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा सगरमाथाको चुचुरोमा राप्रपा नेपालको झण्डा फहराउने आरोही पासाङ्ग शेर्पाको ईच्छा अनुरुप पार्टी अध्यक्ष कमल थापाले पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन्।अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको निमित्त शुभकामना दिएका छन्।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 114 पटक पढिएको
  • इटहरी उपमहानगरकाका मेयर चौधरीविरुद्ध अख्तियारमा उजुरी

    इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको छ । नियम विपरित मिलेमतोमा कर्मचारी नियुक्त गरेको भन्दै मेयर द्वारिकालाल चौधरी र प्रशासकीय अधिकृत राम चरित्र मेहताबिरुद्ध उजुरी परेको हो । उपमहानगरपालिका –५ का पत्रकार समेत रहेका तारा पोखरेलले चैत २० गते मेयर चौधरी र प्रशासकीय अधिकृत मेहताबिरुद्ध आयोगको इटहरी स्थित कार्यलयमा उजुरी दर्ता गराएका हुन् । पोखरेलले दर्ता गरेको उजुरीमा नगरसभाबाट पारित गरेको निर्णय विपरित गत माघ महिनामा ठुलो सङ्ख्यामा दैनिक ज्यालादारी भन्दै अनावश्यक कर्मचारी भर्ती गरेको र शैक्षिक

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 104 पटक पढिएको
  • कांग्रेस कार्यकर्ताबीच कुटाकुट हुँदा गाउँपालिका अध्यक्ष घाइते

     धादिङ / धादिङको खनियावास गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । मंगलबार गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटमा परी अध्यक्ष तामाङको अनुहारमा चोट लागेको भएपनि उनको अवस्था सामान्य रहेको छ । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 106 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : गठबन्धन दलभित्र सिट बाँडफाँडमा विवाद

    बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँडमा भने विवाद भएको छ ।चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि सिट बाँडफाँडको मापदण्डबारे गठबन्धनमा आबद्ध पाँच दलले फरक–फरक प्रस्ताव ल्याएपछि विवाद भएको हो । दलहरूले आफू अनुकुल प्रस्ताव अगाडि सारे पनि गठबन्धनले औपचारिक छलफल गर्न भने बाँकी रहेको गठबन्धनका एक नेताले बताए । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । सबैले सिट बाँडफाँडमा फरक–फरक मत राखेका छन् । गत स्थानीय तहको निर्वाचनमा जसले जहाँ जितेको छ उसले

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 258 पटक पढिएको
  • आचारसंहिता पालना गर्न राजनीतिक दल तयार

    बिर्तामोड / आसन्न स्थानीय निर्वाचनमा राजनीतिक दल निर्वाचन आचारसंहिता पालना गर्न तयार भएका छन् । निर्वाचन आयोगले मंगलबार (आज) बोलाएको सर्वदलीय बैठकमा दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा दलका प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । आयोगले आचारसंहिता बारे छलफल गर्न र दलहरूको प्रतिबद्धता लिन ७९ वटा दललाई बोलाएको थियो। निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।यसअघि आयोगले द

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 99 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.