बिर्तामाेड / नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई– दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

शिवसताक्षी नगरपालिका वडा नं–९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता थेवेले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले कनकाई धाम, कन्काई नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटिहोम दोमुखा लगायत धार्मिक पर्यटकीय स्थलहरूको संरक्षण र सम्बद्र्धनमा आफ्नो सँधै अग्रसरता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता धार्मिक पर्यटकीय स्थलहरूमा लगानी भित्र्याउन आफू तत्पर रहने बताए । 

शिवसताक्षी –१० स्थित कनकाई तट्मा रहेको माङ्हिम मन्दिरमा माङ्सेवा गरी प्रारम्भ गरिएको कार्यक्रममा प्रदेश सांसदका प्रत्यासी उम्मेद्वार एकराज उप्रेतीले जनप्रतिनिधिले चाहेमा विकासको मूल फुटाउन असजिलो नभएको बताएका छन् । 

उनले यसअघि निर्वाचित जनप्रतिनिधिले विकासका लागि खासै पहल गर्न नसकेको आरोप समेत लगाए ।