काठमाडौँ  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री खाँण र कानुनमन्त्री कोइरालाले सोमबार बिहानै खुमलटार पुगेर ‘प्रचण्ड’लाई भेटेका हुन् । उनीहरूबीच संसद्मा रहेका विभिन्न विधेयक लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको स्रोतले जानकारी दियो ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसद्मा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका हुन्।