काठमाडौं / सामाजिक अभियानताका नाममा पछिल्लो समय सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई एमालेले प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनी सिफारिस भएका हुन । 

गौतमले सामाजिक सञ्जालमार्फत आफू सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई समानुपातिकमा सिफारिस गरेकोमा गौतमले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।

गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, –‘म पुन्य गौतमलाई प्रतिनिधि सभाको समानुपातिकमा सिफारिस गर्नुभएकोमा श्रद्धेय अध्यक्ष क। केपी ओलीज्यू, वरिस्ठ उपाध्यक्ष क। ईश्वर पोख्रेलज्यू, महासचिव शंकर पोखरेलज्यू, क. कृष्ण राई, दीपक निरौला काठमाडौं जिल्ला कमिटीप्रति आभारी छु ।’

माओवादी पृष्ठभूमिबाट आएका गौतम २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा बदर गरेपछि उनी एकीकृत समाजवादीमा गएका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका उनी गत वैशाख २७ मा एमाले प्रवेश गरेका थिए ।

काठमाडौंमा आयोजित कार्यक्रममा गौतमलाई अध्यक्ष ओलीले पार्टीको झण्डा दिएर स्वागत गरेका थिए । त्यसपछि उनले ओलीको गोढा ढोग्दै उनले ओली रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सिजिङ पिङ हाराहारीको राजनेता भएको टिप्पणी गरेका थिए ।