झापा / चिनको राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्सु चार दिवसीय भ्रमणका लागि सोमबारदेखि काठमाडौंमा छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा काठमाडौं आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गर्दै छन् । 

OM Sai Pathibhara Hospital

जसमधये उनले सोमबार साझ नै सभामुख सापकोटासँग भेटघाट गरिसकेका छन् । भेटबर्ताको क्रममा सभामुख सापकोटा र चान्सुले नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उनले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पनि भेटवार्ता गरेका छन् । ओली र प्रचण्डसँग चान्सुले मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् । 

चान्सु र ओलीबीच द्विपक्षीय हितका विषयमा छलफल भएको छ । अध्यक्ष चान्सु नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष ओलीसँगै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत सहभागी थिए ।

त्यस्तै दाहाल र चान्सुबीच पनि विभिन्न विषयमा छलफल भएको बताइएको छ । भेटमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताहरू सहभागि थिए । 

चान्सुले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गरेका छन् । चान्सुले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्दैछन् ।